काठमाडौं, ९ भदौ । ढाडे बिरालो बोलको गीतमा गरिएको नृत्य पछि विवादमा तानिएकी लोक गायिका तथा मोडल ज्योती मगरले फेरि छोटो सारीमा बोलको गीतमा कम्मर मर्काएकी छन् । आफ्नै शब्द तथा लयमा ज्योती आफैले गाएको यो गीत उनलाई टिक्का टिप्पणी गर्नेहरुलाई जवाफका शैलीमा प्रस्तु गरिएको देखिन्छ । ‘छोटो छोटो सारी मेरो हातमा सुनको बाला, कुरा काट्ने काटिरहन्छन् मेरो आफ्नै पारा’ बोलको यो गीतमा भने उनले छोटै पारेर भएपनि सारीनै लगाएर म्युजिक भिडियोमा देखा परेकी छन् । राजेश घिमिरेको छायाँकनमा कपिल लामाले निर्देशन गरेको यो गीत विन्धबासिनी म्युज्कि कम्पनीले उत्पादन तथा वितरण गरेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
0 comments:
Post a Comment