काठमाडौं, भदौ ९ – कैलालीको टिकापुरमा गएको सोमबार भएको घटनामा संलग्न रहेको आशंकामा १० जनालाई प्रहरीेले पक्राउ गरेको छ ।
मनुवा–६ सिमल चौराहमा सोमबार दिउँसो सात जना प्रहरी र एक नाबालकको ज्यान जानेगरी भएको घटनामा संलग्न भएको आशंकामा १० जनालई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जोशिपुर–४ का ३५ वर्षका सुन्दरलाल चौधरी, ५५ वर्षका खड्क बहादुर चौधरी, मधेसी जनअधिकार फोसम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरी, दरख–६ नारायणपुरका १७ वर्षका रामजनम चौधरी पक्राउ परेका छन् । यस्तै मनुवा–१ का २० वर्षका राम कुमार खठरीया, २७ वर्षका सुन्दरलाल कठरिया, २० वर्षका दिलबहादुर चौधरी, २४ वर्षका राजकुमार कठरिया, मनुवा–४ का २२ वर्षका हरि नारायण चौधरी र भजनी–५ का ४१ वर्षका प्रेम बहादुर चौधरी पनि प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
गएको सोमबार थरुहट, थारुवानका कार्यकर्ताले गरेको प्रदर्शनको क्रममा झडपहुँदा सात जना प्रहरीसहित एकबालक गरी ८ जनाको ज्यान गएको थियो । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment