नवलपरासी, भदौ ९ – आन्दोलनकारीले निषेधाज्ञा तोड्न खोजेपछि नवलपरासीको परासीमा गोली चलेको छ । प्रर्दशनकारीले भूमही–भैरहवा वाइपास रोडको बालगोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपको क्रममा प्रहरीले गोली चलाएको हो ।
गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर सनइ–९ का ५० वर्षका बिहड धोबी र परासी–५ का ४५ वर्षकी मुना जयसवालको भैरहवामा उपचार भैरहेको छ । उनीहरु दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
आन्दोलनकारीलाई प्रहरीले निषेधाज्ञा नतोड्न आग्रह गर्दा नमानेकाले झडप भएको र अश्रुग्यास, हवाइफायर गर्दा पनि नभएपनि गोली चलाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले बताउनुभयो ।
प्रहरीको गोली लागेर कोही कसैलाई केही भएको छ वा छैन भन्ने बारेमा थाहा हुन सकेको छैन । अहिले परासी क्षेत्रमा झडप भैरहेको छ ।
0 comments:
Post a Comment