कैलाली, भदौ ९ । कैलालीको मनुवा गाविस–६ सिमल चौराहमा सोमबार डिउटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जोशीपुर–४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार फोरमका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका छन् ।
प्रदर्शनका क्रममा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र वरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment