Friday, August 7, 2015

करेन्ट लागेर फेरी अर्का एक बालकको मृत्यु


जनकपुर, साउन २२ – धनुषामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बक्चौराका विरेन्द्र मण्डलका पाँच वर्षका छोरा कमलेश मण्डल रहेको प्रहरीले जनाएको छ । बालक मथलेश्वर मौवाही–८ मा रहेको मामा भुट्टा मण्डलको  घर आएका थिए । शुक्रबार बेलुका मामाका छिमेक विल्टु ठाकुर शर्माले बिजुलीको तारमा हुकिंग गरिरहेको बेला त्यहाँ पुगेका बालकलाई करेन्ट लागेको गाउँलेले बताएका छन् । करेन्ट लागेर बेहोस भएका बाललको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

0 comments:

Post a Comment