काठमाडौं,साउन २३ – नेपालको पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्पको सम्भावना रहेको वैज्ञानिकहरुले बताएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक एवं वैज्ञानिक जिन फिलिप एभोकसहितको अध्ययनकर्ताको एक टोलीले गत वैशाख १२ को भूकम्पका सबै शक्ति बाहिर नआएको र केही शक्ति पश्चिमतिर फैलिएको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने सुझावसहितको तथ्य सार्वजनिक गरेको हो । नेचर जियोसाइन्स जर्नलमा प्रकाशित एभोकको अध्ययन प्रतिवेदनले उक्त भूकम्पबाट भारतको उत्तरी क्षेत्र पनि प्रभावित हुने तथ्य बाहिर ल्याएको छ । तर, भूकम्प कसरी सुरु हुन्छ र यो कसरी बढ्दै जान्छ भन्ने विषय पहिल्यै स्पष्ट गर्न नसकिने विषयलाई जर्नलले प्राथमिकता दिएको छ । अध्ययनकर्ता एभोकले पनि पश्चिमी क्षेत्रको भूकम्पको सम्भावनालाई सानो पनि होइन र ठूलो पनि भन्न नसकिने भन्दै घुमाउरो उत्तर दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ, आजको गोरखापत्र दैनिकमा खबर छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment