Friday, August 7, 2015

माछा मार्ने जालमा १ सय किलोको अजिङगर परेपछि


भारतको महाराष्ट्रमा दुई माझीले त्यस्तो घटनाको सामना गरे जसको उनीहरुले कहिल्यै कल्पना समेत गरेका थिएनन् । माछा मार्न जाल फलेका महेश पटेल र गोकुल पटेल त्यतिबेला निकै खुसी थिए, जब जाल निकै भारी देखियो । उनीहरुले जालमा ठूलै माछा परेको अनुमान लगाएका थिए । जति तान्दा पनि जाल निकाल्न कठीन भयो र उनीहरुले संघर्ष जारी राखे । जब जाल बाहिर निस्कियो तब १ सय किलोको अजिङगर देख्दा उनीहरुको सातो गयो । उनीहरुले तुरुन्दै जाललाई त्यही छाडिदिए र दौडदैँ समून्द्री तटमा आएर सहयोगको याचना गरे । त्यसक्रममा अजिङगरसँगै थुप्रै माछा पनि जालमा परेका थिए । अजिङगर जालमा फसको थाहा पाएपछि स्थानिय सर्प विशेषज्ञ किशोर गायकवाड आफ्ना सहयोगी हितेश मेहताका साथ घटनास्थलमा पुगेका थिए । उनले पानीमा तैरिरहेको अजिङगरलाई जालसहित बाहिर निकाले । त्यसपछि गायकवाडले अजिङगरको निरीक्षण गरे । त्यहाँ अजिगरको शरीरमा कुनै चोट देखिएन । त्यसपछि अजिङगरको लम्बाई र वजन नापियो । किशोरले भूलवस अजिङगर जालमा अल्झिएको हुनसक्ने बताए । उनी भन्छन्, ‘अजिङगर निकै रिसाएको थियो । बिस्तारै त्यसलाई शान्त गरियो ।’ माझी तथा गाउँका अन्यको सहयोगमा किशोरले अजिङगरलाई नजिकैको पेट्रो पम्पमा लगे र त्यसपछि मुम्बईस्थित संजय गान्धी राष्ट्रिय उद्यान केन्द्रमा पठाए । जालमा फसेको ३ मिटर लामो अजिङगर राक पायथन प्रजातीको रहेको त्यसपछि पत्ता लाग्यो ।

0 comments:

Post a Comment