साउन २३ । सीमांकनबारे दलहरुबीच कुरा मिल्न नसकेपछि एमाओवादीमा मतभेद बढेको छ । दलहरुसँग संवाद जारी रहँदा आन्तरिक छलफल गर्न शुक्रबार बिहान बोलाइएको स्थायी समिति बैठकमा नेताहरुबीच चर्काचर्की नै पर्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अध्यक्ष प्रचडले सीमांकनलगायत संविधानका विभिन्न विषयमा सम्झौताका लागि म्यान्डेट लिन स्थायी समिति बैठब बोलाएका थिए । बैठकमा उनले सीमांकनबारे दलहरुबीच भइरहेको छलफलको विषय राख्दै राख्दै गर्दा सचिव वर्षामान पुनले असहमति जनाएको बैठक स्रोतले जानकारी दियो । प्रचण्डले प्रदेशको सीमांकन गर्दा राप्ती र लुम्बिनी नटुक्राएर राख्नुपर्ने दबाब परेको जानकारी गराएका थिए । उनले पार्टीभित्रै पनि अखण्ड लुम्बिनीको कुराले समस्या परेको बताएका थिए । ‘यो प्रस्ताव म यहाँ सुन्नै चाहन्नँ । यहाँ एमाओवादीलाई फसाउने खेल हुँदै छ , हामी यही खेलमा फस्दै छौं,’ प्रचण्डले बोल्दै गर्दा सचिव पुनले चर्कंदै भनेका थिए,‘बहुपहिचानका आधारमा ६ प्रदेश हुनुपर्ने हाम्रो यसअघिको प्रस्ताव जे हो त्योभन्दा दायाँबायाँ गर्न पाइँदैन ।’ सचिव पुनले आपत्ति जनाएपछि प्रचण्डले कुरा त सुन्नुस् भन्दै आफ्नो भनाइ राखेको स्रोतले बतायो ।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment