इलाका प्रहरी कार्यालय इटहरीको टोलीले लामो समयदेखि सुनसरीको इटहरीमा लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा स्थानीय ४० वर्षीय रोहित कार्कीलाई पक्राउ गरेको हो । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी कार्कीलाई इटहरी–८ स्थित दिपेन्द्र चोकबाट ३ सय ६० क्याप्सुल स्पास्मो प्रोक्सिभन, एक सय एमएलको ६७ बोतल कोरेक्स र ६ थान नाइट्रोसन ट्याब्लेटसहित पक्राउ गरेको जानकारी दिएको छ ।
कार्कीका साथबाट प्रहरीले २२ हजार ६ सय ७५ रुपैयाँसमेत बरामद गरेको छ ।
0 comments:
Post a Comment