Sunday, August 30, 2015

​मैले थारुलाई एक इन्च पनि दिन्न भनेकै छैन : देउवा




काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफुले कैलाली र कञ्चनपुरको एक इन्च पनि थारुहरुलाइ दिन्न भन्ने अभिब्यक्ति नदिएको प्रष्टीकरण दिएका छन्।

आफ्ना बारेमा अनेक हल्ला फैलाएको भन्दै देउवाले संविधानसभामा  भने 'मेरो सम्बन्धमा अनेकन हल्ला फैलाइयो। म कमैया मुक्तिका लागि लडेको मान्छे हो' उनले भने बोल्दै नबोलेको र भन्दै नभनेको कुरा हल्ला मच्चाइयो।'

शीर्ष नेताको बैठकमा देउवाले कैलाली र कञ्चनपुर जिल्लाको भूमि थारु समुदायलाई  एक इन्च पनि नदिने अडान लिएको सार्वजनिक भएको थियो।

उनले आफु जिल्ला टुक्रयाउनु हुन्न भन्ने पक्षमा दृढ रहेको भन्दै थारु समुदायको अधिकारका लागि अर्कै विकल्प खोज्नुपर्ने बताए। 'जिल्ला तोड्न हुँदैन भन्ने कुरामा म हिजो पनि थिएँ। आज पनि छु र भोली पनि रहनेछु' देउवाले भने 'थारुहरु पछाडि परेको हो। कसैले नाइँ भनेको छैन। उनीहरुलाइ पनि सांस्कृतिक, राजनीतिक अधिकार सहित संरक्षण क्षेत्र र स्वायत्त क्षेत्रको व्यवस्था गर्न सकिन्छ।'

उनले थारुहरुको परम्परागत काम र प्रचलनलाई कानुनी र संवैधानिक मान्यता दिएर एकै ठाउँमा मिलेर बस्नुपर्ने बताए। 'कर्लाणीदेखि गण्डकीसम्म, बर्दियादेखि नवलपरासीसम्म थारुहरुकै प्रदेश बनेको हो' उनले भने 'कन्चनपुरदेखि झापासम्मै थारुहरु छन्। उनीहरुलाई अधिकार दिएर सुसज्जित गर्न सकिन्छ।'

देउवाले नेपालमा संघीयता नयाँ प्रयोग हो भन्दै यसलाई भोलि आवश्यकता अनुसार थपघट गर्न सकिने बताए। 'भोलीको दिनमा आवश्यकता अनुसार प्रदेश थपघट हुन सक्छ। रिजिड संविधान छैन। संशोधन र सुधार हुन नसक्ने संविधान छैन' उनले भने 'आउँदो दिनमा जहाँ जहाँ आवाज उठिराखेको छ यो चाहिँ वेद, कुरान, गीता होइन। भोलीको दिनमा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ।'


देउवाले दिएको मन्तव्यको सम्पादित अंश :

टीकापुर घटनाबारे केही भन्न चाहन्छु। एक दिन अघि सबै पक्षबीच शान्तिपूर्ण कार्यक्रम गर्न सहमति भएपछि भोलीपल्ट आपराधिक घटना भयो। पेट्रोल खन्याएर मार्ने, बालक मार्ने जस्ता घटना अपराधिक हो। म यसको घर भत्सर्ना गर्छु। त्यसको भोलीपल्ट थारुको घरमा आगो लगाइयो। तिनीहरुलाइ पनि कारवाही होस्।

मेरो सम्बन्धमा अनेकन हल्ला फैलाइयो। मैले एक इन्च पनि जग्गा दिन्न भन्ने हल्ला फैलाइए। म कमैया मुक्तिका लागि लडेको मान्छे हो।
बोल्दै नबोलेको र भन्दै नभएको । सुर्खेतको पश्चिमाञ्चल फिर्ता लान्छु भन्दै नभनेको कुरा हल्ला मच्चाइयो।

जिल्ला तोड्न हुँदैन भन्ने कुरामा म हिजो पनि थिएँ। आज पनि छु र भोली पनि रहनु हुनेछ। थारुहरु पछाडि परेको हो। कसैले नाँइ भनेको छैन। उनीहरुलाई पनि सांस्कृतिक राजनीतिक अधिकार सहित संरक्षण क्षेत्र र स्वायत्त क्षेत्र गर्न सकिन्छ। थारुहरुको परम्परागत काम प्रचलनलाई कानुनी र संवैधानिक मान्यता दिएर एकै ठाउँमा बसेर अगाडि बढ्नुपर्छ।

बर्दियादेखि परासीसम्म थारुहरु मिलेरै प्रदेश बनेको हो। कन्चनपुर देखि झापासम्मै थारुहरु छन्। उनीहरुलाई अधिकार दिएर सुसज्जित गर्न सकिन्छ।

दलित र महिलाको उचित माग पनि पुरा हुनुपर्छ। संविधानमा लगानीकर्तालाई निरुत्साहित गर्ने खालको देखिएको छ। लगानीकर्तालाई ठूलो समस्या देखिएको छ।उद्योगपतिको सेन्सटिभीटिलाई पनि ध्यानमा राखौं मार्केट इकोनोमिको व्यवस्था गरौं।

नागरिकताका विषयमा पनि मिलाउनुपर्ने कुराहरु छन्। छोराको विदेशी श्रीमतीले नेपाली नागरिकता पाउने तर छोरीको श्रीमानले नपाउने हुँदै भएन । यो त विदेशी ज्वाँइ नेपालमा ल्याउनै पाइँदैन भनेको होइन? माइत फर्केर छोराछोरी लिएर आए उनीहरुले नागरिकता नपाउने? यस्ता केशहरुमा नागरिकता दिनुपर्छ भन्ने मेरो धारणा छ।आदिवासी जनजाति सहित पाँच छ वटा आयोग बनाइदिऔं के हुन्छ? रुकुम र बाग्लुङमा टुक्र्याउनु हुन्न।

संघीयता नयाँ प्रयोग हो। अहिलले सबै समुदाय चिन्तित छन्। पछि के हुने हो भन्ने कुराले  हामी नेपालको एकता सार्वभौमसत्ता आपसी सद्भभाव र मेलमिलाप खलबलिन दिने छैनौं। भोलीको दिनमा आवश्यकता अनुसार प्रदेश थपघट हुन सक्छ। रिजिड संविधान छैन। संशोधन र सुधार हुन नसक्ने संविधान छैन।

आउँदो दिनमा जहाँ जहाँ आवाज उठिराखेको छ यो चाहिँ वेद, कुरान, गीता होइन। भोलीको दिनमा आवश्यकता अनुसार थपघट गर्न सकिन्छ।
यो संविधान कुनैपनि हालतमा रोकिन्नु हुन्न। संविधान बनेपछि पनि आवश्यकता अनुसार परिमार्जन हुदैँ जानेछ।मेलमिलाप गरेर अगाडि जानुपर्छ। नयाँ प्रयोग हो आत्तिनु पर्दैन।

-पहिलो पोस्ट बाट

0 comments:

Post a Comment