विराटनगरको व्यस्त मानिने रत्ना होटल नजिकै रहेको एसलाल एण्ड सन्स पेट्रोल पम्पमा संयुक्त मधेसी मोर्चाले सुतली बम प्रहार गरेको छ। आफूहरूले गरेको बन्दको अवज्ञा गरेको भन्दै बम प्रहार गरेका हुन्। बम प्रहारबाट तेल भर्न आएका विराटनगर ४ का ३४ वर्षीय अजय पाण्डे घाइते भएका छन्।
उनको मोरङ सहकारी अस्पतालमा उपचार भइरहेको छ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment