महोत्तरी– संघीयताको सीमाङ्कनविरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले बुधबार साँझ एक रात्री बस जलाएर त्यसका यात्रु लुटेका छन्। पूर्वबाट काठमाडौं गइरहेको ना ४ ख ३०६४ बसलाई महत्तरीको लक्ष्मनियाँ–५ मा कब्जामा लिएका थिए। यात्रु ओरालेपछि आन्दोलनकारीले बसकमा आगो लगाइदिए। बसमा आगो बलिरहँदा आन्दोलनकारीले यात्रुको नगद तथा सामानहरु लुटपाट गरेका छन्। आन्दोलनकारीले ना ४ ख ४२७३ ट्रकलाई पनि सोही स्थानमा आगो लगाइदिएका छन्।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment