कोहलपुर–कैलालीमा थरुहट आन्दोलनकारी र सुरक्षाकर्मीबीचको झडपपछि साम्प्रादियक झडप हुने सक्ने भन्दै नेपाली सेनाले कोहलपुर क्षेत्रका थारु बस्तीमा नियमित गस्ती थालेको छ। कैलालीमा थारु समुदायका केही घर र पसलमा भएको आगजानीपछि कोहलपुर क्षेत्रमा साम्प्रादायिक घटना हुन सक्ने संम्भावनालाई मध्यनजर गर्दै सेनाले बस्ती क्षेत्रमा मंगलबारबाट गस्ती गरिरहेको छ। कैलाली टिकापुर घटनापछि कोहलपुरका थारुबस्तीमा झडपको त्रास छ। थारुबस्ती रहेको कोहलपुर–२ लोकनगर र कोहलपुर–११ विकासनगरका सुकुमबासी थारुहरु केहीले घर छोडेका छन् । घरमा भएकाहरु बस्तीमा आगो लगाउँछन् भन्ने हल्लाले त्रसित छन्।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment