काठमाडौं, भदौ ९ । क्यानडा, अमेरिका र रसिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाहरुमा क्यानडा पठाउने भन्दै रकम उठाउने काठमाडौंको घन्टाघरस्थित वल्र्डवाइड ऐजुकेसन सेन्टरका सन्चालक गोरखाका हरिराम आचार्य रहेका छन् । यस्तै, अमेरिका र रसिया पठाउने भनी ठगी गर्ने काठमााडैंकै टेकुस्थित सेन्टर इन्भेस्टिकेसन सेक्युरिट फोर्सका सन्चालक सुर्खेतका भागचन्द्र महरलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको छ ।
उनीहरुले प्रतिव्यक्ति १५ लाखदेखि ४५ लाख रुपैयाँसम्म रकम लिने गरेको प्रहरीले जनाएको छ । यस्तै, अर्काको जग्गा धितो राखी रकम निकाल्ने काठमाडौं, बुद्धनगरका बाबुलाल श्रेष्ठ र चोरीमा संलग्न भएको आरोपमा दोलखाका सुवाश नेपाली तथा काठमाडौंका मदन कपालीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment