Wednesday, August 26, 2015

परासीमा गोली चल्दा दुई घाइते, घरभित्र बसेकी महिलालाई पनि लाग्यो गोली


भाद्र ९, २०७२- निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न लाग्दा प्रहरीले चलाएको गोली लागी परासीमा तीन जना घाइते भएका छन् । गोली लागी सनई गाविस पडरीका ४० बर्षिय बिहड धोबी र ४६ वर्षिया मुना कलवार घाइते भएका हुन् । घरभित्र बसिरहेकी मुनालाई झ्यालबाट छिरेको गोली लागेको हो । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । छातिमा गोली लागेका धोबीको भने अवस्था गम्भीर रहेकोले भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।


निशेधित क्षेत्रमा प्रवेश गर्न खोज्न प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास र हवाई फायर समेत गरेको थियो । अहिले सदरमुकामको अवस्था तनावग्रस्त छ ।
पूर्वरक्षा राज्यमनत्री रामबच्चन यादवले प्रहरीले निशेधित क्षेत्रमा नपुग्दै गोली चलाएको आरोप लगाएका छन् भने प्रमुख जिल्ला अधिकारी हरि प्रसादमैनालीले प्रहरीमाथि ढुंगामुडा गरेपछि प्रतिकारमा फायर खोलिएको बताएका छन् । घरभित्र बसेकी महिलालाई हवाई फायर गर्दा गोली लागेको पनि उनले बताए ।

0 comments:

Post a Comment