नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले अफगानिस्तानसँग रहेको अघिल्ला खेलहरूको गल्तीलाई नदोहोर्याणउने बताएका छन्। 'नकआउट चरणमा सानो गल्ती पनि माफ हुँदैन,' महर्जनले भने, 'त्यसैले पहिलो दुई खेलमा भएका गल्ती दोहोर्यापउँदैनौं।'
समूह 'ए' मा रहेको नेपाल लिग चरणका सबै खेल जित्दै समूह विजेता भएर सेमिफाइनल पुगेको हो। भुटानलाई ३–१ ले पराजित गरेेको नेपालले दोस्रो खेलमा बंगलादेशमाथि २–१ को जित पाएको थियो। अफगानिस्तान समूह 'बी' मा उपविजेता हँुदै सेमिफाइनल पुगेको हो। माल्दिभ्समाथि ३–१ को विजय नतिजा निकालेको अफगानिस्तानभारतसँग २–० ले हार्योप।
नेपाली टोलीलाई ठूलो संख्यामा घरेलु समर्थकोसाथ मिल्नेछ। भुटानविरुद्ध ह्याटि्रक पूरा गरेका कप्तान विमल घर्तीमगर जतिबेला पनि विपक्षी टोलीमाथि हाबी हुन सक्छन्।सिनियर टोलीबाट खेलिसकेका उनी लामो समयदेखि बेल्यियमका पहिलो श्रेणीको क्लबहरूमा ट्रायल तथा ट्रेनिङमा व्यस्त छन्।
विपक्षीको नजरमा विमल नै 'मार्क' हुनेछन्। त्यो अवस्थामा अञ्जन विष्टले टोलीलाई योगदान गर्न सक्छन्। रक्षामा अफगानी आक्रमण विफल पार्न अनन्त तामाङको भूमिका रहेनछ भने बायाँ विंग्सबाट विश्वास श्रेष्ठले विपक्षीलाई दबाबमा राख्न सक्छन्।
एक साताअघि बंगलादेशमा सम्पन्न यु–१६ साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले अफगानिस्तानलाई १–० ले पराजित गरेको थियो।
शारीरिक रूपमा अफगानी टोलीकेही मजबुत देखिएको छ। तथापि नेपाली खलाडी पनि कमजोर नभएको प्रशिक्षक महर्जन बताउँछन्।
'अफगानिस्तान राम्रो टोली हो। दुई खेल हेर्दा शारीरिक रूपमा उनीहरू राम्रो देखिएका छन् र प्राविधिकमा पनि राम्रै छ,'महर्जनले भने, 'पहिलो दुई खेलमा हाम्रो मिडफिल्डमा केही कमजोरी देखिएको थियो। तर, सेमिफाइनलमा त्यसमा सुधार हुनेछ। बल नियन्त्रणमा राखेर खेल्यौं भने सकारात्मक नतिजा सम्भव छ।'
मिडफिल्डमा भएको कमजारीस्वीकार्दै कप्तान विमलले अफगानिस्तान राम्रो टोली भएकाले खेल बराबरीको स्थितिमा रहेको बताए। 'अफगानिस्तान राम्रो टोली हो,' उनले भने, 'मिडफिल्डमा केही समस्या छ।तर, त्यसमा सुधार गर्नेछौं।'
अफगानिस्तानका पहिलो रोजाइका गोलकिपरले माल्दिभ्सविरुद्ध दोहोरो पहेँलो कार्डपाएका कारण उनी नेपालसँगको खेलमा हुने छैनन् । दोस्रो रोजाइका गोलकिपर पनि पूर्ण फिट नभएको अवस्थामा नेपालले त्यसको फाइदा लिन सक्छ।
'उनीहरूसँग पहिलो रोजाइका गोलकिपर छैन, हामीले त्यसको लाभ लिन सक्छौं,' महर्जनले थपे।
लामो समय द्वन्द्वमा फसेको अफगानिस्तानले छोटो अवधिमा खेलक्षेत्रमा लामो फड्को मारेको छ। सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा अफगानी सिनियर टोलीले भारतलाई २–० ले हराउँदै उपाधि उचालेको थियो।
नेपालले घरेलु मैदानको फाइदा लिने अवसर भए पनि अफगानिस्तानका सहायक प्रशिक्षक सैयद रजब साह मोसोमीले आफ्नो टोली त्यसको सामना गर्न तयार गरेको प्रतिक्रिया दिए।
'अघिल्लो खेलमा मौसमले केही समस्या भए पनि अहिले त्यसमा अभ्यस्त भइसकेका छौं,' मोसोमीले भने, 'खेलाडीले कडा मिहिनेत गरेका छन्। त्यसैले हाम्रो तर्फबाट राम्रो गर्नेमा विश्वस्त छौं।'
अर्को सेमिफाइनलमा भारत र बंगलादेशको प्रतिस्पर्धा हुनेछ। बलियो दाबेदार मानिएको भारतका प्रशिक्षक सैयद सबिर पासाले राम्रो फुटबल संस्कार भएको बंगलादेश बलियो टोली भएको बताएका छन्।
'बंगलादेश बलियो टोली हो। उनीहरूको फुटबल संस्कारप्रति हामी सम्मान गर्छाैं,'सबिर पासाले भने, 'उनीहरूले टिमका रूपमा संगठित फुटबल खेलेका छन्। उनीहरूले नेपालविरुद्ध पनि राम्रो खेले। तर, हामीपनि राम्रो गर्नेमा विश्वस्त छौं।'
बंगलादेशका प्रशिक्षक सैफुल बारी टिटुले भारतीय टोली प्रतियोगिताकै राम्रो टोली भएकाले आफूहरू सजग रहेको बताए।
'उनीहरूको मिडफिल्ड र रक्षापंक्ति राम्रो छ। अग्रपंक्तिमा पनि सबै खेलाडी गोल गरिरहेका छन् त्यसबाट हामी सजग छौं,' टिटुले भने, 'रक्षापंक्तिमा केही समस्या भए पनि त्यसमा सुधार गर्नेछौं र विङ्सबाट हामीले राम्रो गर्न सक्छौं। त्यसैले राम्रो नतिजाको आशा गर्न सकिन्छ।'
0 comments:
Post a Comment