Wednesday, August 26, 2015

पहाडमा पानी पसेपछि सिन्धुलीमाढीका वस्तीहरु जोखिममा


सिन्धुली, भदौ १० । गत वैशाख १२ गते गएको भूकम्पपछि चर्किएको महाभारत शृङ्खलाका पहाडमा वर्षाको पानी पसेपछि सिन्धुलीको सिन्धुलीमाढीका वस्तीहरु जोखिममा परेका छन् । सिन्धुलीको मझुवा, डुडभन्ज्याङ्, पोखरीे, ककुर ठाकुर, भिमेश्वर वारा, दुम्जालगायतका स्थान जोखिममा परेका हुन् ।
त्यस्तै पुरानो झाँगाझोलीको खनियाँखर्क, खाँगसाँग, कपिलाकोट, तीनकन्याका, खुर्कोट घुर्मी सडक, बस्तीपुरका मावन बस्तीसमेत जोखिममा परेका छन् ।
कमला, मरिण चदाहा, ग्वांग र गौमती नदीमा विगतका वर्षहरुको तुलनामा जल प्रवाह बढेको र लेदो माटो आउने गरेकाले सदरमुकाम सिन्धुलीमाडी फाँट र कमलाखोंचका खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीयले बताएका छन् । सिन्धुलीका ४७ भन्दा बढी ठाउँ जोखिममा परेको बताइएको छ ।

0 comments:

Post a Comment