सचिव भएपछि मन्त्रिपरिषद्को सचिवको रुपमा काम गरेका सुवेदी कांग्रेसको रोजाईमा मुख्य सचिव भएका हुन्। सचिवहरुमध्ये वरियताक्रममा एक नम्वरमा रहेका श्रीधर गौतमको कार्यकाल एक वर्ष पनि बाँकि नरहेकाले प्रधानमन्त्रीले सुवेदीलाई रोजेको स्रोतहरुले बताएका छन्।
वरियताक्रममा तीन नम्बरमा रहेका उद्योग सचिव जयमुकुन्द खनाल पनि प्रतिष्पर्धामा थिए। उनलाई एमालेले आफ्नो उम्मेदवार बनाएको थियो। कांग्रेससँगको निकटताका कारण 'जुनियर ब्याच'को भएपनि शिक्षा सचिव विश्वप्रकाश पण्डित पनि मुख्य सचिवको दौंडमा थिए। उनका पक्षमा कांग्रेसका केहि मन्त्री र दर्जनौं सचिवहरुले लविङ गरेका थिए।
प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यले ब्याच नाघेर मुख्य सचिव नियुक्त गर्न नहुने परामर्श पटक पटक दिइरहेका थिए। मुख्य सचिव लीलामणि पौडेलले ब्याच नाघेर मुख्य सचिव नियुक्ती गर्नु 'अबैधानिक' नै हुने राय सोमवार पनि दिएका थिए। विद्यावारिधी समेत गरेका सुवेदी लागेको कुरा प्रष्ट राख्न सक्ने स्वभावका प्रशासक मानिन्छन्।
पौडेलको कार्यकाल शुक्रबारदेखि सकिँदैछ। मुख्य सचिवको कार्यकाल तीन वर्षको हुन्छ।
0 comments:
Post a Comment