Tuesday, August 4, 2015

के सम्भव छ महिलाको भर्जिनिटी फर्काउन ?



उपत्यकाका अस्पताल र निजी स्वास्थ्य संस्थाहरूले कुमारित्व गुमाएका महिलालाई फेरि कुमारी बनाइदिने भन्दै धन्दा चलाइरहेका छन्, जुन गैरकानुनी र अनैतिक धन्दा हो । पहिलो कुरा त महिलाहरूको भर्जिनिटी एकपटक गुमेपछि त्यो फेरि फर्काउन नसकिने बताउँछन्, स्त्रीरोग विशेषज्ञहरू डाक्टर भोला रिजाल र जागेश्वर गौतम । तर पनि नेपालमा हुनै नसक्ने अप्रेसनको नाटक गरेर एकातिर कमाउ धन्दा भइरहेको छ भने अर्कोतिर सामाजिक मनोविज्ञानलाई समेत ख्याल गरिएको छैन । छिमेकी देशहरूमा ‘हाइमिन रिपेरिङ’ हुने भए पनि नेपालमा भने त्यस्तो सेवा दिने कुनै पनि अस्पताल छैन । तर पनि नेपालका ठूला भनिएका केही अस्पताल र क्लिनिकहरूले ‘भर्जिन’ बनाउने भन्दै महिलाहरूको प्रजनन् अंग सिलाउन थालेका छन् । अहिले योनि सिलाएर फेरि भर्जिन बन्न अविवाहित युवतीदेखि आमा भएकाहरू पनि यस्ता धन्दा चलाउने अस्पताल र क्लिनिकहरूमा धाउन थालेका छन् । डाक्टरको काम महिलाहरूको प्रजजन अंगमा कुनै समस्या भए वा कुनै कारणले योनिको आकारमा परिवर्तन भए त्यस्तो सेवा दिने हो । तर, अहिले डाक्टरहरूले केही रकम पाउने आशमा र महिलाहरू फेरि कुमारी बन्ने दौडमा धमाधम योनि सिलाउने व्यापार र लहड बढेको छ ।

0 comments:

Post a Comment