Tuesday, August 4, 2015

यी हुन् धेरै नागरिकलाई जागिर दिने देशहरु




आफ्नै देशमा जागिर खाएर बस्ने रहर सबैलाई हुन्छ। जागिर नपाउँदा हजारौं युवाहरु बाहिरिने प्रचलन कयौं देशहरुमा विद्यमान छ।

अन्तर्राष्ट्रिय आँकडाअनुसार १५ वर्षदेखि ६४ वर्षसम्मको उमेरलाई काम गर्न सक्ने उमेर मानिन्छ। यो उमेरसमूहमा सबैभन्दा धेरै जागिरे हुने नागरिकहरुमा आइसल्याण्डका नागरिकहरु पर्दछन्।

जहाँ ८२ दशमलव ८ प्रतिशत नागरिकहरु प्रत्येक्ष रोजगारीमा संलग्न छन्। त्यसपछि दोस्रोमा स्वीट्जरल्याण्ड पर्दछ। त्यहाँ ७७ दशमलव ४ प्रतिशत नागरिकहरु रोजगारीमा संलग्न छन्।

स्वीट्जरल्याण्डपछि सबैभन्दा धेरै नागरिक जागिरे हुने राष्ट्रहरुमा डेनमार्क, नर्वे, न्यूजिल्याण्ड, स्वीडेन र नेदरल्याण्ड पर्दछन्। यस सूचीमा अमेरिका भने १० औं स्थानमा पर्दछ। ८ औं स्थानमा बेलायत रहेको छ। अष्ट्रेलिया १४ औं स्थानमा पर्दछ।
एसियन देशहरुमा भने जापान अग्रस्थानमा रहेको छ। त्यहाँ ६८ दशमलव ७ प्रतिशत नागरिकहरु प्रत्येक्ष रोजगारीमा आबद्ध छन्।

0 comments:

Post a Comment