Tuesday, August 4, 2015

मध्यरातमा दुई मोटरसाइकलमा आगजनी



अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा गएराति पौने १२ बजे दुईवटा मोटरसाइकलमा आगजनी भएको छ।  सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा पार्किङ गरिराखेको लु११प ७७८२ र लु४प २७२५ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।  मोटरसाइकल आगो लगाउने समूह अथवा व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस 

0 comments:

Post a Comment