Saturday, August 1, 2015

अमरेशलाई कारबाही गर्न सुशीलको प्रस्ताव महाधिवेशन कार्यतालिका हेरफेर


काठमाडौं, श्रावण १६ - शनिबार बालुवाटारमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव सभापति सुशील कोइरालाले नै गरेका छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार संसदीय दल र कार्यसमितिको संयुक्त बैठकपछि बसेको केन्द्रीय समितिको बैठकमा कोइरालाले अमरेशलाई कारबाही गर्ने प्रस्ताव गरेका हुन् । ‘अमरेशको गतिविधि पार्टी नीति विपरित भइरहेको छ, कारबाही गर्नु पर्‍यो,’ कोइरालाले बैठकमा भनेका थिए । कोइरालाको प्रस्तावमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका थिए । ‘केन्द्रिय सदस्यहरुले पार्टीको अनुशासन समिति वा संसदीय दलबाट उनलाई प्रष्टिकरण सोधेर कारबाही अगाडि बढाउनु पर्ने बताए,’ ती केन्द्रीय सदस्यले भने । उनका अनुसार अमरेशलाई प्रष्टिकरण सोधिने पक्का छ । ‘त्यो अनुशासन समितिले पनि सोध्न सक्छ, संसदीय दलले पनि सोध्न सक्छ,’ उनले भने । संविधानको प्रारम्भीक मस्यौदामा सीमांकन र संघीयताको विषय स्पष्ट नभएको, विना सीमांकन मस्यौदा ल्याइएको र सर्वोच्च अदालतको आदेशलाई पार्टीले नटेरेको भन्दै अमरेशले पार्टी लाइन विपरीत उभिएका छन् । मस्यौदाको राय संकलनका लागि पार्टीले खटाए पनि उनले आफ्नो क्षेत्रमा राय सुझाव पनि संकलन गरेका थिएनन् । महाधिवेशन कार्यतालिका हेरफेर कांग्रेस बैठकले १३ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावअनुसार भदौ १७ गते गाउँ नगर अधिवेशन हुनेछ भने भदौ २२ गते क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ २५ मा र केन्द्रीय महाधिवेशन असोज २, ३ ४ र ५ गते काठमाडौंमा हुनेछ ।

0 comments:

Post a Comment