Thursday, August 6, 2015

नम्रताले नयाँ घरवार गर्न खोजेकै हो त ?


काठमाडौं ।  रिल लाईफमा घरवार गरेको अनुभव गरेकी भए पनि नायिका एवं मोडल नम्रता श्रेष्ठले रियलमा आजसम्म घरवार गरेको सुनिएको छैन । तर, उनलाई घरवार गरौं है भनेर फकाउनेहरु धेरै छन् ।

नम्रताले पछिल्लो पटक मोडलिङ गरेको नयाँ भिडियोमा यहि आशय समेटिएको रहेछ । घरवार हुन्छ कान्छी बोलको भिडियोमा घरवार गरौं है भन्दै फकाउने काम गरेका छन् अर्का मोडल आर्जेशले ।

घरवार गर्नुपर्ने अवस्थाको उमेर भएपनि घरवारको सुरसार गर्न नभ्याएको बताउने नम्रताले रिलमा भएका कतिपय कुरा रियलमा सम्भव नहुने बताईन् । तर, पनि यो पछिल्लो भिडियोमा काम गर्दा निकै रमाईलो भएको उनको भनाई थियो ।

चलचित्र ‘सानो संसार’वाट फिचर फिल्ममा अभिनय सुरु गरेकी नम्रता त्यसअघि मोडलिङ र थिएटरमा सक्रिय थिईन् । मोडलिङ र थिएटरप्रति उनको लगाब अहिले पनि उत्तिकै छ ।

म्युजिक भिडियोमा काम गर्दा छुट्टै खालको सन्तुष्टि प्राप्त हुने उनको भनाई छ । उनको भनाई अनुसार भिडियो सुटिङ सएकिो एक सातामै दर्शमा पुर्‍याउन सकिन्छ र, प्रतिक्रिया पनि तत्कालकै आउछ ।

आधुनिकदेखि तीजको गीतसम्म

हरेक भिडियोमा काम गर्नु अघि शब्द हेर्ने वानी छ उनको । आधुनिक, चलचित्र र तीजको गीतमा समेत नाचेकी नम्रताले रिजेक्ट गरेका गीत पनि धेरै छन् ।

दुई वर्ष अघि अन्जु पन्तले गाएको तीज गीतमा नाचेकी नम्रता शब्द र संगीत चित्त बुझ्दो भयो भने अभिनय गर्न गार्‍हो नहुने बताउछिन् । चलचित्र ‘अर्धकट्टी’ मा उनैले सम्बोधन गरेको है नम्रता बोलको गीत छ भने उक्त गीतमा अभिनय पनि नम्रताकै रहेको छ ।

0 comments:

Post a Comment