Thursday, August 6, 2015

स्नेहा र निक्कीलाई उपाधि


काठमाडौं । प्लस टुमा अध्ययनरत किशोरीहरुबिच भएको सौन्दर्य प्रतियोगितामा निक्की थापा ‘मिस टिन प्लस टु’र स्नेहा केसी ‘मिस प्लस टु आइकन’ घोषित भएका छन् । मिस टिन प्लस टु मा प्रमुख उपाधि विजेता निक्की थापा मिस फोटोजेनिक र मष्ट पपुलर समेत भईन् भने लुना लुईंटेल फस्ट रनरअपका साथमा व्युटी विथ पर्पोस भईन् । जीया मल्ल सेकेण्ड रनरअपका साथमा वेष्ट आर्ट वर्क, झरना लुईंटेल थर्ड रनअपका साथमा मिस व्युटिफुल भईन् । देवानी श्रेष्ठ फोर्थ रनरअपका साथमा मिस क्याटवक र फेशन आइकन चयन भएका थिए ।

त्यसैगरी एएनपीद्धारा आयोजित मिस प्लस टु आइकनकी विजेता स्नेहा केसी मिस फोटोजेनिक, मिस ट्यालेण्ट र मिस व्युटिफुल समेत भइन् भने अलिषा रावत फष्ट रनरअपका साथमा मिस फेशन आइकन भईन् । साक्षी पोखरेल सेकेण्ड रनरअपका साथमा मष्ट चार्मिङ, रुविना श्रेष्ठ थर्ड रनरअपका साथमा वेष्ट स्माइल र विनीता जोशी फोर्थ रनरअपका साथमा वेष्ट स्पीच भए ।

0 comments:

Post a Comment