७ भदौ, काठमाडौ । बंगलादेशले आगामी २० वर्षभित्र नेपाल, भारत र भुटानबाट ८ हजार मेगावाट बिजुली सजिलै किन्न सक्ने आधा रहेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को एक अध्ययनले पत्ता लगाएको छ ।
बंगलादेशले सन् २००५ लाई आधार वर्ष मानेर सन् २०३५सम्म विद्युत आपूर्ति र माग प्रक्षेपण गरेर छिमेकी देशबाट बिजुली किन्ने योजना अघि सारेको छ । यसैका आधारमा तीन देशबाट उक्त परिमाणको बिजुली किन्न सक्ने देखिएको नागरिक दैनिकमा खबर छ ।
नेपाल भारत र भुटानबाट बिजुली किन्ने आधार तय गर्न बंगलादेशसँग मिलेर जलविद्युत आयोजनामा लगानी गर्न आफू तयार रहेको जाइकाले जनाएको छ । अन्य लगानीकर्ताले बंगलादेशसहित भारत र भुटानका आयोजनामा लगानी गरी त्यहाँबाट बिजुली किन्ने बलियो आधार रहेको बंगलादेशबाट प्रकाशित ‘द फाइनान्सियल एक्सप्रेस’ अनलाइन दैनिकमा उल्लेख छ ।
बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) देशको ऊर्जा विकाशका लागि समेत जाइकासहित अन्य लगानीकर्ता पनि जलविद्युत आयोजनामा लगानी गर्न तयार रहेको जनाइएको छ ।
0 comments:
Post a Comment