गत चुनाबको बेलाको समाचार
काठमाण्डु, ४ मंसिर– काठमाण्डु क्षेत्र नं ४ का काँग्रेस उम्मेदवार गगन थापाले मतदान केन्द्रमा गुण्डागर्दीमा कुख्याती कमाएका डनहरु परिचालन गरेको खुलेको छ । उनले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताकाबीचमा डनहरुको उपस्थिति गराएका हुन् ।
स्वच्छ राजनीतिको कुरा गरिरहने गगन थापाले देशकै ठूलो मतदान केन्द्र काठमाण्डु–४ को कपनस्थित बालउद्धार माविस्थित मतदान केन्द्र डनका रुपमा चिनिने कुख्यात गुण्डा कुमार घैंटेलाई परिचालन गरेका छन् । मतदान स्थालमा मतदाताहरुलाई डर, त्रास फैलाएर मतदानमा प्रभाव पार्न उनले डनहरु परिचालन गरेको मतदाताहरुले आरोप लगाएका छन् ।
आयपरेको समयमा बुथमा शक्ति प्रदर्शन गर्न पनि गगनले डनका साहारा लिइरहेको समाचार केही दिनअघि पनि आएको थियो । त्यस्तै उनले मोन अवधिको समय सोमबार इमेल र एसएमएसबाट भोट मागेर निर्वाचन आचासंहिताको उल्लंघन पनि गरेका थिए । गगनले डन लिएर मतदान केन्द्रमा आएको भन्ने खबर पाउनासाथ एकीकृत माओवादीका उम्मेदवार नन्दकिशोर पुन, पासाङ तत्काल सो मतदान केन्द्र पुगेका छन् । काँग्रेस उम्मेदवार भने सोही मतदान केन्द्रमा घैंटेका साथ नै बसिरहेका छन् । News Source : Kathmandu Today
-------------------------------------------------------------------------------------
६ भदौ, काठमाडौं । गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको विषयलाई लिएर गगन थापासहितका नेपाली कांग्रेसका सभासदहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।
कांग्रेस सभासदहरु गगन थापा, जगदिशनरसिंह केसी, भीमसेन दास प्रधान र धनराज गुरुङ शुक्रबार नै मानवअधिकार आयोगमा पुगेका थिए । आइतबार घैंटेका आफन्तले घटनाको छानविन गर्न माग गर्दै अयोगमा पुगेका छन् ।
गुण्डा नाइके घैंटे बिहीबार प्रहरी इन्काउन्टरमा मारिएका थिए । घटना लगतै कांग्रेस सभासद केसीले प्रहरीले मारेको भन्दै जुलुस लिएर शिक्षण अस्पताल पुगेका थिए ।
घैंटेको नियोजित रुपमा हत्या गरेर इन्काउन्टरको नाम दिएको भन्दै घटनाको छानविन गर्नु पर्ने सभासद भीमसेनदास प्रधानले बताए । ‘हामीले आयोगमा कुमारले सुरक्षा माग गरेकोबारे बुझ्न गएका थियौं’ सभासद प्रधानले भने-‘आज परिवारले छानविनको माग गर्दै निवेदन दिएको छ ।’
सभासद र कुमारको परिवारले छानविनको माग गरेकोबारे बुझ्न खोज्दा मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले यसबारे अध्यक्षसँगै बुझ्न आग्रह गरिन् ।
-डीसी नेपाल बाट
0 comments:
Post a Comment