चितवन, भदौ ७ - चितवनको रत्ननगरमा एक पुरुषको खेतको आलीबाट लडेर ज्यान गएकाे छ । रत्ननगर नगरपालिका–११ स्थित मङ्गलपुर घर भएका ५८ वर्षीय काले दराईंको आलीबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आइतबार साँझ गाउँबाट घर फर्कने क्रममा हिँड्दै गर्दा उनी आलीबाट लडेको प्रहरीले जनाएको छ । उनको शवलाई रातिनै परीक्षणका लागि भरतपुर अस्पतालमा लगिएको छ । उनले रक्सी खाएकाे हुनसक्ने प्रहरीले अनुमान गरे पनि परीक्षणपछि मात्रै कारण खुल्ने प्रहरीले जनाएको छ । रासस
0 comments:
Post a Comment