Tuesday, August 4, 2015

पार्किङमा भेट्टाएको पैसा बैंकमा बुझाउने इमान्दार विजय



साउन २० गते-
विजय गायक पोखराको न्यूरोडमा पार्किङ शुल्क उठाउने काम गर्छन् । सधैंजस्तो मंगलबार पनि बिहानैदेखी उनी पार्किङ शुल्क उठाउने काममा खटिएका थिए । एभरेष्ट बैंक लिमिटेडभन्दा केही तलपट्टी मोटरसाईलमा चढेर जाँदै गर्दा एक युवकको झोलाबाट केही रकम खस्यो । मोटरसाईकल चालकले थाहा पाएनन् तर गायकले भने देखे । उनले नजिकै गएर पैसा गन्दा १२ हजार रुपैयाँ रहेछ । भेट्टाएको पैसा उनले सोही बैंकमा नै लगेर बुझाईदिए ।“त्यो पैसा म आफैंले राख्नपनि सक्थेँ । तर सबैको समस्या उस्तै हो भने त्यस्तो गर्न मन लागेन ।” उनले भने –“पैसा खस्यो भन्दै म कुदेँ तर उनले मोटरसाइकल हुईंकाई हाले ।” पैसा खसाल्ने व्यक्तिलाई आफुले चिनेको बताउँदै उनले अर्कोपटक देखेमा उनलाई पैसा जिम्मा लगाउने बताए ।

0 comments:

Post a Comment