चितवन, २० साउन – गाउँमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेर सेवा दिँदै आएका युवक बलात्कारको अभियोगमा समातिएका छन् । पश्चिम चितवनको माडी–१२ का ३६ वर्षीय चित्रबहादुर गुरुङ पक्राउ परेका हुन् ।
गुरुङले घरघरै पुगेर स्वास्थ्य सेवा दिने क्रममा एक युवतीलाई लगातार दुईदिन बलात्कार गरेको अभियोग लागेको छ । १५ र १६ साउनमा उपचार गर्ने बहानामा बिरामीको घरमै पुगेका गुरुङले २२ वर्षीया युवतीलाई करणी गरेका हुन् ।
सामान्य अवस्थामा नरहेकी युवती रोएको देखेपछि बहिनीले सोध्ने क्रममा स्वास्थ्यकर्मी गुरुङले बलात्कार गरेको भनेपछि घटना सार्वजनिक भएको हो । गुरुङलाई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको र म्याद थपेर अनुसन्धान भइरहेको माडी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर निर्मल थापाले बताए ।
0 comments:
Post a Comment