Sunday, August 2, 2015

हुण्डाइ ‘इयन’ ट्याक्सीको रुपमा नेपाल अाउँदै


नेपालको लागि हुण्डाइ गाडिको एकमात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाइ इयन (EON) गाडि अब ट्याक्सीको रुपमा नेपाली बजारमा ल्याउने घोषणा गरेको छ । लोकप्रिय हुण्डाइ इयन (EON) अन्तर्गतको डी–लाइट र डी–लाइट प्लस अब ट्याक्सीको रुपमा नेपाल ल्याइने भएको हो। देशको वर्तमान सार्वजनिक यातायात सेवाको अवस्थालाई मध्यनजर गर्दै, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो इन्ट्रि लेवलको ह्याचब्याक गाडिलाई ट्याक्सीको रुपमा ल्याउँदैछ । यो सेतो रंगमा उपलब्ध हुनेछ जसकाे बम्पर भने कालाे रहेकाे छ। हाल यसको बुकिङ सुरु भइसकेको र आगामी २ महिनाभित्र यो नेपाली बजारमा उपलब्ध हुने सम्भावना रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. का सेल्स एण्ड मार्केटिङ विभागका असिस्टेन्ट जेनरल म्यानेजर रुपेश शर्मा भट्टले बताएका छन्। १७०० मिमि ग्राउण्ड क्लियरेन्स, ५६ पीएसको पावर, न्युनतम मर्मत खर्च, सर्वसुलभ उपलब्ध पार्टपुर्जा र उच्चतम् माइलेज जस्ता विशेषता भएको हुण्डाइ इयन (EON) ले पहिले नै अटोमोबायल व्यवसायमा आफ्नो छाप बनाएको छ । vहुण्डाइ इयन (EON) ट्याक्सीमा आरामदायी क्याविन, इलेक्ट्रिक पावर स्टेरिङ, प्रिमियम ड्यासबोर्ड, एयर कन्डिसनर र पर्याप्त डिकि स्पेस छ जसले आरामदायी ड्राइभिङको अनुभुति दिने कम्पनीले बताएको छ। हुन्डाइ नेपालले नयाँ हुण्डाइ ट्याक्सीको खरिदको लागि सरल फाइनान्स सेवा र चालु आर्थिक वर्षमा सडक कर निःशुल्क गरिने व्यवस्था पनि गरेको छ । देशमा विभिन्न सुधारका कार्यहरु हुँदै आइरहेको अवस्थामा हुण्डाइले आफनो लोकप्रिय हुण्डाइ इयन गाडिलाई ट्याक्सिको रुपमा विक्रि गर्नु सार्वजनिक यातायात सेवाको लागि एक सकारात्मक र प्रगतिशील कदम हुनेछ।

0 comments:

Post a Comment