साउन, १७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मुल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । मुल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टितेल लिटरको ८४ रुपैयाँ पर्ने छ । यसैगरी खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर १ हजार ४ सय ३५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै हवाई इन्धनपनि आन्तरिकतर्फ लिटरको १५ रुपैयाँ घटाईएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १ सय १८ पर्छ । यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिकिलोलिटर ७५ डलर घटेर १३ सय २५ डलर कायम भएको छ । नयाँ मुल्य आइतबार राती १२ बजेपछि लागु हुने छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment