र्दिया–भारतीय पक्षले हत्या गरेको नेपालीको शव नेपालपक्षलाई बुझाउँने भएको छ । मूर्ती चोरी गरेर भारत जाने क्रममा पक्राउ परेर हत्या गरिएका कालिकोटका खड्गबहादुर शाहीको शव भारतपक्षले नेपाललाई बुझाउँने सहमति भएको एसपी गाविन्द राम परियारले बताए । उनका अनुसार शाहीको शव भारतीय पक्षले शुक्रबार राति बुझाउँने छ । ढुगांबाट निर्मित मूर्ति नेपालबाट चोरी गरी बलइगाउँ नाकाबाट भारत तर्फ लैजाने क्रममा शाहीसहित पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई कुटीकुटी हत्या गरेको नेपाल पक्षको आरोप छ । 'पक्राउ परेका चार जनालाई चोट देखिन्छ,' एसपी परियारले भने, 'प्रत्यक्षदर्शीले पनि कुटेर मारेको भन्छन ।' तर,नेपाल पक्षसँग भाग्ने क्रममा शाहीको मृत्यु भएको भारतीय पक्षले दाबी गरेको छ । पक्राउ परेका टेकबहादुर शाही, लोकबहादुर शाही, तिर्थबहादुर शाही र अनिल शाहीलाई भारतीय पक्षले मूर्ती चोरीमा मुद्दा दर्ता गरेको एसपी परियारले जानकारी दिए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment