Tuesday, August 4, 2015

इलाममा एक वर्षमा ४१ जना महिला, बालबालिकाद्वारा आत्महत्या




इलाम, साउन २० – एक वर्षमा इलाममा ४१ जना महिला तथा बालबालिकाले आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३३ जनाले झुन्डिएर र आठ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । झुन्डिएर आत्महत्या गर्नेमा ३१ जना महिला र दुई जना बालक रहेका छन् । आठ जना महिलाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर थापाले बताए । प्रहरीले दिएको त्रिवर्षीय तथ्याङ्कअनुसार आव २०६९/७० मा २५ जना महिला र एक बालकले झुन्डिएर आत्महत्या थिए । त्यस्तैगरी, छ जना महिलाले विष सेवन गरी आत्महत्या गरेका थिए ।
आव २०७०/०७१ मा १७ जना महिला र दुई बालकले झुन्डिएर र दुई महिलाले विष सेवन गरेर आत्महत्या गरेका थिए । चियामा प्रयोग गरिने मोनोक्रोटोफस नामक विषादी सेवन गरेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment