बुटवल (खस्यौली), साउन २० – नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद सूर्यप्रसाद प्रधानको निधन भएको छ ।बुटवल निवासी प्रधानको ७४ वर्षको उमेरमा आज बिहान लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निधन भएको हो । राति एक्कासि बेहोस भएका प्रधानलाई तत्कालै अस्पताल पु¥याइएको थियो ।
बिहान ६ः१५ बजे निधन भएको लुम्बिनी अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए ।
विसं १९९७ मा पर्वतको पाङ्मा जन्मिनु भएका प्रधान २०२६ सालमा बुटवलमा बसाइँसराइ गरेपछि यहाँको सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय जीवन बिताएकान थिए ।
विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका प्रधान तत्कालीन बुटवल नगरपालिकाको प्रमुख हुँदै २०५६ सालमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
रुपन्देहीको समग्र विकासमा प्रधानले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । लुम्बिनी अञ्चल अस्पतालमा प्रसूति गृह, रक्त सञ्चार सेवा केन्द्र बुटवलको भवन निर्माण, सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दा बुटवल, लुम्बिनी वाणिज्य क्याम्पसको स्थापना, सिद्धार्थ गौतमबुद्ध क्याम्पस, बुटवल बहुमुखी क्याम्पसको विज्ञान सङ्काय भवन निर्माणजस्ता काममा उनको नेतृत्वदायी भूमिका रहेको थियो ।
उनका श्रीमती र एक छोरी छन् । उनको पार्थिव शरीरलाई अहिले बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा राखिएको छ ।
0 comments:
Post a Comment