नेपालगन्जमा प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बा“केले निषेधाज्ञा जारी गरेको छ । केही बेर अघि बसेको सुरक्षा समितिको आपतकालीन बैठकले नेपालगन्जमा बढ्दै गरेको तनाव नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । नेपालगन्जमा दिनभर बन्दकर्ता र बन्द खुलाउन व्यवसायीहरुले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले अहिले सा“झ ८ बजेदेखि भेला, जुलुस र प्रदर्शनमा रोक लगाएको हो । बा“केका प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले नेपालगन्जको पूर्व रा“झा, पश्चिममा नन्दनी मिल, दक्षिण सीमा जमुनाह र उत्तरमा फुल्टेक्रासम्म कुनै किसिमका सभा सम्मेलन, भेला गोष्ठी र समूहमा हिड्न रोक लगाएको जानकारी दिए । आज आइतबार प्रहरीको सावधानीका कारण बन्दकर्ता र खुलाउने पक्षबीच कुनै अप्रिय घटना भने हुन पाएन ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment