Thursday, August 6, 2015

राजधानीमा जुत्ता मेला सुरु, ७० प्रतिशतसम्म छुट पाइने


२२ साउन, काठमाडौं । स्वदेशी जुत्ता उद्योगबाट उत्पादित जुत्ता, चप्पलको प्रयोगकर्ता बढाउने उद्देश्यले बिहीबारदेखि राजधानीका विभिन्न स्थानमा बृहत जुत्ता मेला सुरु भएको छ । नेपाली जुत्ता घर प्रालिको आयोजनामा काठमाडौँको जमल र महाराजगन्ज तथा ललितपुरको कुमारीपाटीको बिक्रीबाट निश्चित समयका लागि ७० प्रतिशतको छुटसहित जुत्ताको ‘बृहत समरसेल मेला’ सुरु गरिएको हो । मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी उत्पादनको प्रयोगबाटै देशको अर्थतन्त्र सबल हुने भएकाले नेपाली उत्पादनलाई प्रयोग गर्न सबैलाई आग्रह गरे । नेपाली जुत्ता घर प्रालिका अध्यक्ष रामकृष्ण प्रसाईंले विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलको मौज्दात रहेसम्म मेलालाई निरन्तरता दिइने जानकारी दिए ।


0 comments:

Post a Comment