Thursday, August 6, 2015

काठमाडौंमा हैजा, बाढी पहिरो प्रभावित क्षेत्रमा पनि खतरा


काठमाडौं, साउन २२ - काठमाडौंमा हैजाका बिरामी भेटिएपछि बाढी पहिरो गएका अरु ठाउँमा पनि खतरा रहेको डाक्टरहरुले बताएका छन् । झाडापखाला लागेर उपचारका लागि टेकु अस्पतालमा भर्ना भएका एकजना बिरामीमा हैजा भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर गीता शाक्यले जानकारी दिनुभयो । केही दिनअघि काठमाडौं कुलेश्वरका ३० जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए । वर्षाको यो बेला पिउने पानी र खानेकुरामा ध्यान नदिँदा हैजा देखिएको तर सावधानी अपनाए यस्ता रोगबाट जोगिन सकिने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाखाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीका अनुसार बाढीपहिरो गएका अरु ठाउँमा पनि हैजा फैलिन सक्ने खतरा धेरै छ ।
अहिलेसम्म प्रकोप नदेखिए पनि सावधानी नअपनाए समस्या आउन सक्ने भन्दै सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । वर्षा लागेसँगै झाडापखालाका बिरामी बढेका छन् । वर्षायाममा झाडापखला, हैजा लगायत अरु रोगबाट बच्न पानी उमालेर मात्र पिउन, सडेगलेका र बासी खानेकुरा नखान तथा खाना खानु अघि र पछि राम्रोसँग हात धुन डाक्टरले सल्लाह दिँदै आएका छन् ।

0 comments:

Post a Comment