Saturday, August 29, 2015

डा.केसीलाई भेटेर भट्टराईले भने-तपाईको जायज माग चार दलको बैठकमा राख्छु




एमाओवादीका बिरष्ठ नेता बाबुराम भट्टराईले अनसनरत डा.गोविन्द केसीलाई भेटेका छन्। बिहान शिक्षण अस्पतालमा पुगेका भट्टराईले डा.केसीलाई तपाईको माग जायज छ भन्दै अहिले केहीबेरमा बस्ने चार दलको शीर्ष बैठकमा कुरा राख्ने आश्वासन दिएका छन्।‘तपाईका मागहरू जाहज छन्, म अहिले चार दलको बैठकमा यसबारे कुरा राख्छु भन्नुभएको छ,’ भट्टराईको भनाई उदृद्ध गर्दै डाक्टर केसीका सहयोगीले भने,‘उहाँले माग पत्रपनि साथै लिएर जानु भएको छ।’
केसीले उठाएका स्वास्थ्य, शिक्षाका माग जायज भएको भन्दै उनले यी माग पूरा गराउन सरकारसँग माग गर्दै अाफूले पनि सक्दो प्रयास गर्ने बताएका छन्। केसीको अनसनप्रति समर्थन जनाउँदै भट्टराईले शिक्षा र स्वास्थ्यजस्तो विषयमा कुनै सम्झौता हुन नसक्ने बताएका छन्। डा.केसी सातदिनदेखि लगातार अनसनमा बसेका छन्।

0 comments:

Post a Comment