ताप्लेजुङ, श्रावण २० - पक्राउ गर्न गएको प्रहरी टोलीलाई नै आक्रमण गरि भागेका ताप्लेजुङ साँवा गाविसका ‘डन’ सागर कुमार साँवा लिम्बु ‘मण्डेला’ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
साँवा गाविस २ का ‘मण्डेला’ माथि कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, हतियार खरखजाना लगायतका मुद्दा छन् । उनी ६ वर्षदेखि प्रहरीको खोजीमा थिए ।
गत बैशाख २६ गते पक्राउ गर्न गएको प्रहरी टोलिमाथि उनले आक्रमण गरेका थिए । यसअघि प्रहरीले ६ पटकसम्म उनलाई पक्रिने प्रयास गरेको थियो । साँवा गाविसमा नै प्रहरी चौकी राख्ने तयारी भएपछि उनले आत्मसमर्पणको प्रस्ताव गरेको प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए ।
0 comments:
Post a Comment