Wednesday, August 5, 2015

जिउँदै छँदा मारेको मन्दै आफ्नै आमाले हालिन छोरीविरुद्ध मुद्दा




सुरुङ्गा (झापा)-आफू जिउँदो हुँदा हुँदै आफ्नै छोरीले आफूलाई मरेको भन्दै पश्चिम दक्षिण झापाको गौरीगन्ज निवासी ७४ वर्षीया एक वृद्धाले आफ्नै छोरीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा हाल्नुभएको छ।

गौरीगन्ज–७ घर भई हाल काठमाडौँ बस्दै आएकी राजकुमारी श्रेष्ठले ४५ वर्षीया छोरी सरस्वती श्रेष्ठविरुद्ध मुद्दा हालेकी हुन् ।श्रीमान्को नाममा रहेको गौरीगन्ज–५ को कित्ता नं ६८८ र ०९७ नम्बरको एक बिगाह पाँच कट्ठा जमिन कृषि विकास बैंक गौरीगन्जमा धितो राखी कारोबार गरेको बैंकको हिसाब मिलाउन नसकेपछि उक्त जग्गा बैंकले लिलाम गरी २०४३ साल फागुन २५ गते कृषि विकास बैंकको नाममा कायम भएको थियो ।

बैंकको नाममा कायम भएको जग्गा आफ्नो कर्जा तिरेर फिर्ता ल्याउने प्रक्रियामा उनले आमा मरेको बयान २०४५ सालमा दिएको थाहा पाएपछि आफ्नै छोरीविरुद्ध मुद्दा हाल्नुपरेको श्रेष्ठले बताइन।

आफ्नो एक छोरा र पाँचवटी छोरी रहेकामा छोराको पनि मृत्यु भएको र श्रीमान्को पहिले नै मृत्यु भइसकेको अवस्थामा अहिले छोरीले अदालतमा गएर आफू मरेको भन्दै बयान दिएर जग्गा आफ्नो नाममा बनाई सम्पत्ति हडप्न खोजेको र मानमर्दनमा समेत आँच पु¥याएकाले आफूले छोरीविरुद्ध मुद्दा हाल्नुपरेको हो श्रेष्ठले बताइन ।

श्रीमान् र छोराको निधन भएपछि बुहारीलाई अंश दिन खोज्दा जमिन छोरीले आफ्नो एकलौटी बनाएपछि थाहा पाएर बूढेसकालमा अदालती ढोका ढक्ढक्याउन आएकी हुँ श्रेष्ठले भनिन्र, "छोरीले म मरेको बयान २०४५ सालमा नै दिएकी रहिछे अहिले आएर थाहा भयो र अदालत आएकी हुँ ।" रासस

0 comments:

Post a Comment