Wednesday, August 5, 2015

आठ हजार घुस खाने प्रहरी सहायक निरीक्षक पक्राउ




काठमाडौं– बाँके जिल्ला अन्र्तगत बेतहनीका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक परविर वैगार आठ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । नेपाल तथा भारतबाट विभिन्न प्रकारका दैनिक उपभोग्य सामान तथा कुखुराका चल्ला ल्याई गाउँमा विक्री गर्ने व्यवसायीबाट ८ हजार घुस लिइसकेको अवस्थामा सो रकमसहित वैगार पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार वैगार विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

0 comments:

Post a Comment