Sunday, August 23, 2015

नुहाउन गएका दुई किशोर वेपत्ता


बागलुङ, भदौ ६ – बागलुङको मालिकाका दुई किशोर वेपत्ता भएका छन् । वागलुङ बजार नजिकै काठेखोलामा नुहाउन भनि गएका मालिका–७ का १७ बर्षका कृष्ण शर्मा र १८ वर्षका सुदिप रेग्मी शनिबारदेखि वेपत्ता भएका हुन् ।  वेपत्ता भएका दुवैको खोला किनारमा कपडा र मोवाइल भेटिएको प्रहरीले जनाएको छ । कपडा र अन्य सामग्री भेटिएकाले उनीहरुलाई बगाएको हुन सक्ने आशंकामा नेपाल प्रहरी, नेपाली सेना, स्यालुट गोर्खा ट्रेनिङ सेन्टरमा रहेका युवा र स्थानीयबासिन्दाले खोजी कार्य तिव्र बनाए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक तथा सूचना अधिकृत अरुणकुमार भण्डारीले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment