Sunday, August 23, 2015

भारतमा बेचिनबाट जोगिए २ किशोरी, केआई नेपालले गर्‍यो उद्धार


६ भदौ, धनगढी । मानव बेचविखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था के.आई.नेपालले नेपाल-भारत सीमानाकाबाट दुई जना किशोरीलाई उद्धार गरेको छ । परिवारका सदस्यलाई जानकारी नदिएर भारत जान लागेका २ जना किशोरीहरुलाई कैलालीको गौरीफण्टा नाकाबाट प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।
उनीहरुलाई केआई नेपालकै संरक्षणमा राखिएको केआई नेपाल धनगढीका जिल्ला संयोजक राजकुमार नेपालीले जानकारी दिए ।

उद्धार गरिएका ती किशोरीहरु भारतको नयाँदिल्लीमा जागिरको प्रलोभनमा जान लागेको अवस्थामा उद्धार गरिएको र बेचबिखन हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुर्यबहादुर चन्दले बताए ।

भारत लैजान खोज्ने दुई महिला पक्राउ

उद्धार गरिएका किशोरीहरु १४ र १५ बर्षका छन् । उनीहरुलाई भारत लैजाने खोज्ने धनगढी चौराहाकी सपना लामा र लक्ष्मी भण्डारी पक्राउ परेका छन् । उनीहरु विरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्दा दायर भएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान पनि भैरहेको जानकारी दिएको छ । के.आई.नेपाल धनगढी शाखाले पछिल्लो एक महिनामा २१ जना चेलीलाई कैलालीको गौरीफण्टा नाकाबाट उद्धार गरिसकेको नेपालकी सूचना तथा सञ्चार अधिकृत सुरक्षा बरालले जानकारी दिइन् ।

0 comments:

Post a Comment