Sunday, August 23, 2015

निकम्मा डिएसपी


इटहरी ६ भदौ – कुनैपनि आन्दोलन होस या केही घटना त्यसमा सजकता अपनाउनु प्रहरीको बिशेष भुमिका रहने गरेको पाइन्छ । आन्दोलनको नाममा आपसी सदभाव भडकाउन खोज्ने जोकोहीलाई पनि प्रहरीले तुरुन्त एक्सन लिनुपर्ने हुन्छ त्यसैले dspप्रहरी प्रसाशनलाई सबैभन्दा संवेदन क्षेत्रको रुपमा लिएको पाइन्छ । तर इलाका प्रहरी कार्यालय इटहरीमा हालै आएका नया प्रहरी प्रमुख तथा डिएसपी ओम प्रकाश अधिकारीले भने आइतबारको आन्दोलन प्रति कुनै त्यस्तो एक्सन देखाएनन । आफनो अधिकारको लागि सरकार समक्ष जायज मागहरु राखेर आन्दोलन गर्नु स्वभाविक हो । तर आन्दोलनको नाममा अरुको अधिकार खोसीनु कानुनी अपराध पनि हो । आइतबार आदिवासीले आयोजना गरेको हडतालमा यस्तै दृष्य देखिएको थियो ।

जसमा इलाका प्रहरी कार्यालयले महत्वपुर्ण भुमिका निर्वाह गरेको देखिएन । सामाजीक सदभाव खलबलिने गरी खुलेआम इटहरीको मुख्य चौकहरुमा बन्दकर्ताहरुको पक्षबाट बन्दको माइकिङ गरीरहदा प्रहरी टुलुटुलु हेरेर बसिरहेको देखिएको थियो ।

बन्दको खुलेआम माइकिङ गर्दे बन्दकर्ता
उद्योग बाणिज्य संघ इटहरीले आइतबार इटहरीको ब्यापार ब्यवसाय सुचारु गर्न ब्यापारीहरुलाई अनुरोध गरीरहेको बेला आदिवासी जनजातीका कार्यकर्तामध्ये एकले धम्कि सहितको माइकिङ गरी बजार परिक्रमा गरीरहदा समेत प्रहरीले उक्त ब्याक्तिमाथी कुनै एक्सन लिएको देखिएन । ब्यापारीको शुरक्षाको लागि प्रहरी तैनाथ रहने बताउदै आएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अधिकारीले जबरजस्ती बन्द गराउदै हिडेका बन्दकर्ताहरुलाई देखेर पनि नदेखेझै गरी बागिंए ।
खुल्ला रहेको ब्यापार ब्यवसाय बन्द गराउन बन्दकर्ताहरुले हातमा ढुङ्गा बोकेर आएको प्रहरीले प्रत्यक्ष देखेपनि कुनै एक्सन नलिएको इटहरी मामा मार्केटका ब्यापारीहरुले बताए । बन्दको बारेमा खुलेआम धम्कि सहितको माइकिङ्ग गर्ने ब्याक्तिलाई समेत प्रहरीले पक्राउ गर्न नसक्दा प्रहरीको शुरक्षा प्रणालीमाथी नै ब्यापारीहरुले प्रश्न चिन्ह खडा गरीदिएका छन । यता पूर्वको केन्द्र इटहरीलाई बन्द मुक्त क्षेत्र घोषीत गरेपनि आइतबार बजार खुलाउने बिषयमा प्रहरीले ब्यापारीहरुको शुरक्षा प्रति बिशेष भुमिका नखेलेको उद्योग बाणीज्य संघका केही पदाधिकारीहरुले आरोप लगाएका छन ।

0 comments:

Post a Comment