Saturday, August 1, 2015

सीमांकनसहितको संविधान: देउवालाई मोदीको सुझाव


काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सबैलाई मिलाएर सीमांकनसहितको संविधान छिटो जारी गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुझाव दिएको बताएका छन्। नयाँ दिल्लीको भ्रमण टोलीमा रहेका पत्रकारहरुसँगको कुराकानीमा नेता देउवाले यस्तो बताएका हुन् । मोदीले छिटो संविधान बनाएर नेपालले राजनीतिक स्थायित्व कायम गर्दै विकासदको दिशामा लम्किनु पर्ने भन्दै सहयोग गर्न आफूहरु तयार रहेको बताएको देउवाले जानकारी दिए । मोदीले नेपालमा जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै भारतीय पर्यटकहरुलाई नेपाल पठाउन पहल गर्ने बताएको उनले जानकारी दिए। पत्रकारहरुको जिज्ञासामा भारतीय नेताहरुसँग नागरिकताको विषयमा कुनै कुराकानी नभएको भन्दै नागरिकता सम्बन्धी व्यवस्था नेपालीहरु आफैले गर्ने बताए। भारत नेपालको सबै क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेको आफूले पाएको भन्दै नेता देउवाले दुई देशबीचका समस्याहरु समाधान हुने विश्वाससमेत व्यक्त गरे।

0 comments:

Post a Comment