Saturday, August 1, 2015

मेरो पिताजस्तो अभिनेता यो ग्रहमै कोही छैन:अभिषेक बच्चन


अभिनयमा तुलना गर्दा अमिताभ बच्चनका अगाडि उनका छोरा त केही पनि होइनन् भन्ने बहस लामै समयदेखि हुँदै आइरहेको छ। अभिषेक बच्चनले हाल पिताको तारिफमा लामो शब्द खर्चंर्दै आफू खराब अभिनेता भएको स्विकार गरेका छन्। एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै अभिषेकले आफू अभिताभको छोरो मात्र नभई ठूलो फ्यान पनि भएको बताएका हुन्। ‘मैले पिताले गरेको देखेबाटै धेरै कुरा सिकेको छु । उहाँ संसारकै राम्रो मान्छेमा पर्नुहुन्छ । उहाँजत्तिको स्टार र अभिनेता यो ग्रहमै छैन ।’ अभिषेकले भने,‘उहाँ हामी सबैका लागि जीवित आइकन हुनुहुन्छ । उहाँलाई हेरेर लाग्छ, म कति खराब अभिनेता रहेछु ?’अभिषेकले आफ्ना पिताका बारेमा यति भनेर मात्र चुप लागेका छैनन् । उनले थपे,‘जब तपाईं उहाँलाई कुनै ‘सट’ मा काम गर्न लगाउनुस् तब तपाईंले चाल पाउनुहुनेछ कि उहाँ जस्तो अभिनेता अरु कोही छैन । म सोच्छु, उहाँको नाम सुनेरै काम गर्न लालायित नहुने को होला ? म छिट्टै उहाँसँग काम गर्न चाहन्छु । त्यसका लागि उहाँले काम गरिरहेको क्यामराको एउटै फ्रेममा मलाई उभ्याए मात्र पुग्छ, डाइलग पनि चाहिँदैन ।’

0 comments:

Post a Comment