Saturday, August 1, 2015

बाबुले छोराको छातीमा छुरा प्रहार गरी हत्या गरे


गाईघाट (उदयपुर), १७ साउन । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ । स्थानीयवासी शिक्षक कुम्भराज राईका अनुसार बाबुछोराको बेंसी खेतमा धान रोप्ने क्रममा झगडा भएको थियो । साँझ खेतको काम सकेर घर फर्कने क्रममा बाबुले छोरालाई छातीमा छुरा प्रहार गर्दा छोराको घटनास्थलमा नै मृत्यु भएको बाँसबोटे उमाविका अर्का शिक्षक शिवराम राईले बताउनुभयो ।

0 comments:

Post a Comment