Monday, August 24, 2015

नेपालगन्जमा पनि मुठभेड, कर्फ्यू आदेश


भाद्र ७, २०७२- मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच नेपालगन्जको त्रिभुवन चोक र रानीतलाव क्षेत्रमा मुठभेड हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । सोमबार बेलुकी ९ वजेदेखि बिहान ९ वजेसम्म अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यू जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकास लेखकले बताए ।
त्रिभुवनचोक र रानीतलाव क्षेत्रमा निषेधाज्ञा तोडेर ढुंगामुढा हुन थालेपछि प्रहरीले करिव ३० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रजिअ लेखकले बताए ।


तराई मधेस लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्राले प्रर्दशनका क्रममा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको बताए । उनले एक दर्जन बढी मधेसी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि अवस्था असहज बनेको दाबी गरे । 'प्रहरीले धरपकड र कुटपीट गरेपछि जनता आक्रोशित भएका हुन,' उनले भने ।
सोमबार दिंउसो आन्दोलनरत पक्षले बन्दका क्रममा संयमता अपनाउने प्रतिबद्वता जनाएका थिए ।
 

0 comments:

Post a Comment