Saturday, August 15, 2015

लौ आयो आत्महत्या गराउने मेसिन


एजेन्सी : बाँच्नु मात्रै पर्छ, विचित्रका कुरा सुन्न पाइन्छ । यस्तै विचित्रका कुरामध्ये एक हो, आत्महत्या गराउने मेसिन । यो के आविष्कार गरे अष्ट्रेलियाका वैज्ञानिक डा. फिलिपले, जुन मेसिन एक बटम दबाउनासाथै इहलिला खतम हुन्छ । उक्त मेसिनमा ९१ प्रतिशत नाइटोजन र ९ प्रतिशत कार्बन मोनोअक्साइड ग्यास हुन्छ । बटम दवाउनासाथै ग्यास ह्वास्स नाकभित्र पस्छ र पलभरमै मानिसलाई लाशमा परिणत गरिदिन्छ । डा. फिलिपले यसलाई ‘डेस्टिनी’ नाम दिएका छन् । अझै रमाइलो कुरा सुन्नुस, फिलिपले एउटा सुसाइड क्लव पनि चलाएका छन्, जसमा १० हजार जना सदस्य छन् । यी सदस्यलाई सावधानीपूर्वक कसरी आत्महत्या गर्ने भनेर प्रशिक्षण दिइन्छ । आत्महत्या गर्नचाहनेलाई क्लबले उत्प्रेरत गर्दैआएकोछ । विवादास्पद मेसिनका कारण डा. फिलिप कानूनी झमेलामा फसेका छन् । यद्यपी चाँडै नै कानूनी अनुमति लिएर यो मेसिनलाई बजारमा ल्याउने उनको दाबी छ ।  मेसिनले कुनै अवैध वस्तुको प्रयोग नगरेको हुनाले रोक लगाउनु पर्नेकुनै कारण नभएको डा. फिलिप बताउछन् ।

हालै उनी मेसिनको विषयमा एउटा शो गरिरहेका थिए । तर स्थानीय अधिकारी तथा प्रहरीले नाइटोजन ग्यास प्रयोग गर्न रोक लगाइदिए । यसपछि उनी ग्यासबिना नै आफ्नो मेसिनको विषयमा जानकारी दिन थाले । उनले यदी बजारमा बेच्न नदिए अनलाइनबाट आफ्नो मेसिन विक्री गर्ने बताएका छन् ।
डा. फिलिपको दाबी के छ भने यो मेसिन आएपछि अब कसैले पनि तनावै तनावमा बाँच्नु पर्दैन । यद्यपि अष्टेलियाको कानुनमा कसैलाई पनि आत्महत्याको  लागि प्रेरित गर्नुलाई अपराध मानिन्छ । तर डा. फिलिप आफ्नो उत्पादन अवैध नभएको र हुनै नसक्ने बताउछन् । मैले यसमा कुनै पनि प्रतिबन्धित चिज प्रयोग गरेको छैन । त्यसैले मेसिनले इजाजत नपाउने प्रश्नै उठ्दैन, उनी भन्छन् । उनको बलियो तर्क यो पनि छ, ‘यदि बजारमा कसैले एउटा डोरी किन्छ र त्यहि डोरीमा झुण्डीएर आत्महत्या गर्छ भने अब के डोरीलाई प्रतिबन्ध लगाउन मिल्छ ?’डा. फिलिपको कार्यका सम्बन्धमा अन्य डाक्टरले विरोध गरेका छन् । डा.क्टरहरुको एउटा संगठनले भनेको छ, ‘डिप्रेसन भएका मानिस मर्नचाहन्छन्, तर उनीहरुलाई यो मेसिन होइन, काउन्सीलिंगको आवश्यकता हुन्छ ।’

0 comments:

Post a Comment