नेपालमा सयौ वर्षदेखि हिन्दु र मुस्लिम सुमुदाय मिलेर बस्दै आएको बताउँदै नेपाल धर्म निरपेक्ष हुँदा हिन्दु र मुस्लिम समुदाय बिचको भाईचारा सम्बन्ध समेत खलबलिने खतरा बढेको बताए। नेपालका मुस्लिम समुदायले आफूलाई नेपाली मुस्लिमभन्दा गौरव महशुस गर्दै आएको बताउँदै अध्यक्ष पठानले हिन्दु राष्ट्र हुँदा नेपाली मुस्लिम जति सुरक्षित थिए तर धर्म निरपेक्ष भएपछि मुस्लिम समुदाय असुरक्षित भएको बताए। जनताको माग बिनै नेपाललाई २०६३ सालपछि अचानक धर्म निरपेक्ष बनाइएको बताउँदै अध्यक्ष खाले विश्वकै एक मात्र हिन्दु राष्ट्रको पहिचान समाप्त पार्न विदेशीको ईसारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएको भन्दै आपत्ती ब्यक्त गरे।
नेपालका ८० प्रतिशत भन्दा बढी मुस्लिम सुमदाय पहिचान सहितको हिन्दु राष्ट्रको पक्षमा भए पनि खुलेर बोल्न नसकेको बताए। नयाँ संविधानमा अब हिन्दु राष्ट्र कायम गराउँनका लागि आब्हान गरिने बिरोध प्रर्दशन र बन्द लगायतका कार्यक्रमहरुमा नेपालका मुस्लिम समुदायको एकबद्धता र सर्मथन हुने खा ले बताए।
0 comments:
Post a Comment